Rule 62
बाल गृहको स्थापना तथा सञ्चालन
(१) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षण गर्ने प्रयोजनको लागि आवश्यकता अनुसार नेपाल सरकार, _प्रदेश सरकार वा स्थानीय तहले बाल गृहको स्थापना गर्न सक्नेछन् ।
(२) कसैले प्रचलित कानून बमोजिम: संस्था दर्ता गरी परिषद्बाट अनुमति लिएर बाल गृह सञ्चालन गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम बाल गृह सञ्चालनको अनुमतिको लागि अनुसूची-१ . बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ ।
(४) उपनियम /(२) बमोजिम बाल गृह सञ्चालन अनुमति लिन चाहने संस्थाले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ:-
(क) प्रचलित कानून बमोजिम नाफारहित सामाजिक संस्थाको रुपमा दर्ता भएको,
(ख) संस्थाको विधानमा बाल गृह सञ्चालन गर्ने उद्देश्य भएको,
(ग) कम्तीमा बीसजना बालबालिकालाई संरक्षण तथा सेवा प्रदान गर्न सक्ने परिषद्ले तोके बमोजिमको बालमैत्री भौतिक पूर्वाधार र संरचना भएको, (घ) परिषद्ले तोके बमोजिमको आर्थिक स्रोतको सुनिश्चितता तथा _ आवश्यक जनशक्तिको व्यवस्था भएको,
(ङ) ऐनको दफा ५७ बमोजिमको बाल संरक्षण मापदण्ड भएको: ।
(५) उपनियम (२) बमोजिम बाल गृह सञ्चालन गर्न चाहने संस्थाको सञ्चालकले नियम ५९ को उपनियम (२) को खण्ड (घ) मा उल्लिखित योग्यता पूरा.गरेको हुनु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम प्राप्त निवेदन जाँच तथा स्थलगत अध्ययन गर्दा बाल गृह. सञ्चालनको अनुमति दिन उपयुक्त देखिएमा परिषद्ले अनुमति दिन सक्नेछ ।
(७) परिषद्ले उपनियम (६) बमोजिम अनुमतिप्राप्त संस्थालाई अनुसूची-२ बमोजिमको ढाँचामा बाल गृह सञ्चालनको अनुमतिपत्र उपलव्ध गराउनु पर्नेछ ।
(८) बाल (गृहे- सञ्चालन गर्न अनुमतिप्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण गराउनु पर्नेछ ।
(९) बाल गृह सञ्चालन गर्न अनुमति प्राप्त संस्थाले नवीकरणका लागि अनुसूची-३ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ/।
(१०) उपनियम (९) बमोजिम निवेदनको जाँच गरी परिषद्ले सञ्चालन अनुमति प्रमाणपत्रको नवीकरण गर्नेछ । (११) यो नियमावली प्रारम्भ हुनु अघि कुनै संस्थाले सञ्चालन गरेका बाल गृहले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र परिषद्बाट अनुमति लिनु पर्नेछ ।